


नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू परिवर्तन गर्ने



काठमाण्डाै
नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू परिवर्तन गर्ने भएको छ । आज आइतवार बसेको सचिवालयको बैठकले अहिले सरकारमा रहेका मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको हो ।
पार्टीले यसअघि नै पार्टीको तर्फबाट मन्त्री भएकाहरूलाई ६ महिनापछि फिर्ता गर्ने निर्णय गरिसकेको र ६ महिनाभन्दा लामो समय उनीहरू मन्त्री भइसकेकाले फिर्ता बोलाउन लागिएको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिनुभयो । मन्त्री फिर्ता बोलाउने र नयाँ मन्त्रीको नाम तोक्ने जिम्मेवारी पार्टीका शीर्ष नेतालाई दिइएको पनि तुलाधरले बताउनुभयो ।
एकीकृत समाजवादीबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ र भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री हुनुहुन्छ । ‘पार्टीको तर्फबाट मन्त्री हुनुभएको हो । पार्टीले आवश्यकता ठानुन्जेलसम्म उहाँहरू मन्त्री हुनुहुन्छ, त्यसलाई स्वाभाविक रूपमा लिनुपर्छ’, उपमहासचिव तुलाधरले भन्नुभयो ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया