अर्घाखाँचीका पालिकामा ३ अर्ब बढी बजेट प्रदान, कहाँ कति ? हेर्नुहोस्

कपिलवस्तु । अर्घाखाँची जिल्लाले आर्थिक वर्ष २०७९/०८० का लागि ३ अर्ब भन्दा बढी बजेट पाएको छ । आगामी आर्थीक वर्षका लागी अर्घाखाँची जिल्लाले चालु तर्फ २ अरब ६१ करोड ७५ लाख र पुंजिगत तर्फ ४७ करोड १४ लाख गरी कुल ३ अर्ब ८ करोड ८९ लाख बजेट पाएको हो ।
जिल्लाको सदरमुकाम रहेको सन्धिखर्क नगरपालिकाले आगामी आर्थिक वर्षका लागी ६८ करोड ३८ लाख बजेट प्राप्त गरेको छ । यस्तै शितगंगा नगरपालिकाले ५६ करोड ४० लाख र भुमिकास्थान नगरपालिकाले ४८ करोड ७२ लाख रुपैंया बजेट प्राप्त गरेका छन् ।
यस्तै गाउँपालिकाहरुमा छत्रदेव गाउँपालिकाले ३९ करोड ५७ लाख बजेट पाएको छ । पाणिनी गाउँपालिकाले ४८ करोड ८२ लाख र मालारानी गाउँपालिकाले ४७ करोडको बजेट पाएका छन् ।
तीन नगरपालिका र तीन गाउँपालिका गरी छ स्थानीय तह रहेको अर्घाखाँचीका लागि सकारले पालिकागत बजेट विनियोजन गरी पठाएको हो ।
जेठ १५ गते नेपाल सरकारले आगामी आर्थीक वर्ष २०७९÷०८० का लागी बजेट ल्याएको थियो । सोही बजेट प्रदेश तथा स्थानियतहहरुलाई बाँडफाँट गरेको हो ।

प्रतिक्रिया

खबर सबै