

टर्कीको नाम फेरियो, अब टर्किये





एजेन्सी
संयुक्त राष्ट्र सङ्घले टर्की गणराज्यको नाम परिवर्तन गर्ने अनुरोध स्वीकार गरेको छ । संयुक्त राष्ट्रमा अब टर्कीको नाम टर्किये राखिएको छ ।
संयुक्त राष्ट्रका प्रवक्ता स्टिफन दुजारिकले टर्कीका विदेशमन्त्री मेवतुल कावुसोग्लूले संयुक्त राष्ट्रका एन्टोनियो गुटेरेसलाई एक पत्र लेख्दै टर्कीको नाम टर्किये परिवर्तन गर्न अनुरोध गरेको बताउनुभयाे । पत्र प्राप्त हुनेबित्तिकै नाम फेरिएको प्रवक्ता दुजारिककाे भनाइ छ ।
गएको मङ्गलवार टर्कीका विदेशमन्त्रीले संयुक्त राष्ट्र र अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूलाई पत्र लेख्ने जानकारी दिनुभएको थियो ।
टर्कीका राष्ट्रपति रेचप तैयप एर्दाेआनले गएको डिसेम्बरमा आफ्ना देशका नागरिकलाई अन्तर्राष्ट्रियस्तरमा हरेक भाषामा टर्किये नाम प्रयोग गर्न भन्नुभएको थियो । त्यसबेला एर्दाेआनले टर्कियेलाई सबै देशले मान्दछ भन्नुभएकाे थियाे । उहाँले टर्कीयेले टर्कीका नागरिककाे संस्कृति, सभ्यता र मान्यतालाई राम्राेसँग प्रतिनिधित्व गर्ने बताउनुभएकाे थयाे ।
यसका साथै एर्दाेआनले आफ्नो देशका कम्पनीबाट निर्यात हुने वस्तुमा पनि ‘मेड इन टर्किये’ लेख्न भन्नुभएको थियो ।
तस्बिर : सामाजिक सञ्जाल


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया