
कपिलवस्तुमा कुन पालिकाले कति पाए बजेट ? हेर्नुहोस्

राजेन्द्र खनाल, कपिलवस्तु ।आर्थिक वर्ष २०७९/०८० का लागि संघले स्थानीय तहलाई बजेट पठाएको छ। आइतबार अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहलाई वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट विनियोजन गरेको बताएका थिए। त्यस्तै वित्तीय समानीकरण अनुदान अन्तर्गत देशैभरका स्थानीय तहका लागि १ खर्ब २३ करोड बजेट विनियोजन गरिएको छ।
पूर्वाधार विकासका लागि समपूरक अनुदान अन्तर्गत ७ अर्ब २७ करोड र विशेष अनुदानतर्फ ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ।
यता कपिलवस्तु जिल्लाका लागि सरकारले यसवर्ष सबैभन्दा बढी बाणगंगा नगरपालिकालाई बजेट पठाएको छ ।
कपिलवस्तुमा सबैभन्दा बढी बाणगंगा र कम शुद्धोधनलाई
कपिलवस्तु जिल्लाका लागी संघीय सरकारले ५ अर्व १८ करोड ९५ लाख रुपैया बजेट बिनियोजना गरेको छ । जस मध्ये बाणगंगा नगरपालिकाले सबैभन्दा बढी बजेट पाएको हो । आर्थिक बर्ष २०७९/८० का लागी जिल्लाका १० पालिकामा पठाइएको कुल बजेट मध्ये बाणगंगा नगरपालिकाले ६९ करोड ७१ लाख पाएको छ । यस्तै कपिलवस्तु नगरपालिकामा सरकारले ५९ करोड ८१ लाख बजेट विनियोजन गरेको छ । यसपछि क्रमशः बुद्धभुमि नगरपालिकालाई ५८ करोड ९० लाख, शिवराज नगरपालिकालाई ५६ करोड ८८ लाख, महाराजगञ्ज नगरपालिकालाई ५१ करोड २१ लाख र कृष्णनगर नगपालिकालाई ४८ करोड ८५ लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै कपिलवस्तुका गाउँपालिका तर्फ मायादेवी गाउँपालिकाले सबैभन्दा बढी ४४ करोड १२ लाख बजेट पाएको छ भने सबैभन्दा कम शुद्धोधन गाउँपालिकाले ३५ करोड ९३ लाख पाएको छ । यस बाहेक जिल्लाका यशोधरा गाउँपालिकाले ४२ करोड ४८ लाख र बिजयनगर गाउपालिकाले ४० करोड ६८ लाख बजेट पाएका छन् ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया