

आईओसीले पठायो इन्धनको नयाँ मूल्य सूची, पेट्रोलको बढ्दा अन्यको घटेर आयो



काठमाडौं
नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको नयाँ मूल्य सूची पठाएको छ । निगमलाई बुधबार आईओसीले इन्धनको नयाँ मूल्य सूची पठाएको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य बढेर आएको छ भने डिजेल, खाना पकाउने ग्यास र हवाइ इन्धनमा घटेर आएको जनाएको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ । यस्तै डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ भने खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँले घटेको छ ।
यस्तै हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ । नयाँ मूल्य पछि पनि निगमलाई मासिक घाटा ६ अर्ब १५ रुपैयाँ पुग्ने पनि निगमले जनाएको छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया