
हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको घोषणा

काठमाडौं
सरकारले आगामी आर्थिक वर्षमा हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगलाई सञ्चालनको व्यवस्था मिलाएको बताएका हुन् । उनले उपयुक्त ढाँचामा सो उद्योग सञ्चालनको योजना बनाएको बताए । उनले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडाहरू प्रयोगको व्यवस्थासमेत लिइने बताए ।
विसं २०३२ सालबाट हेटौंडा कपडा उद्योगको इतिहास सुरु भएको देखिन्छ । चीन सरकारको सहयोगमा विसं २०३५/०३६ सालबाट हेटौंडा कपडा उद्योगले औपचारिक रुपमा उत्पादन सुरु गरेको थियो । सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा कपडा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्नसक्ने क्षमता रहेको छ ।
समस्या कै बीच चलिरहेको हेटौंडा कपडा उद्योगले २०५४ साल पछि भने नाफा कमाउन सम्भव देखिएन । त्यस यता लगातार उद्योगले हरेक वर्ष घाटा व्यहोर्नु पर्ने वाध्यता बनेपछि विसं २०५७ माघ १८ गतेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार उद्योगमा ताला लगाइयो भने उद्योगमा कार्यरत सबै कामदार र कर्मचारीलाई सामूहिक अवकाश दिएपछि हेटौंडा कपडा उद्योग बन्द भएको थियो ।
२०५८ सालमा सरकारले उद्योग निजीकरणको लागि दुई पटका बोलपत्र आह्वान गरेको थियो । दुई पटक सूचना प्रकाशन गरी बोलपत्र आह्वान गरे पनि उद्योग सञ्चालनका लागि कुनै पनि आवेदन नपरेपछि सरकारले बाध्य भएर उद्योग खारेजीको प्रक्रिया अघि सा¥यो र नेपाल सरकारको निर्णयअनुसार विसं २०५९ पुस ८ मा बसेको उद्योगको विशेष साधारण सभाले विशेष प्रस्तावमार्फत उद्योगलाई खारेजीको प्रक्रिया सुरु गरेको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया