

पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि ३० अर्ब ५० करोड बजेट विनियोजन



काठमाडौं
सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि ३० अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।
आइतबार अर्थमन्त्री जर्नादन शर्माले बजेट विनियोजनसँगै पूर्व– पश्चिम राजमार्गलाई ४ लेन बनाउने कार्यलाई तीव्रता दिइनेछ ।
यस्तै, आगामी वर्ष नारायणघाट–बुटवल सडकखण्ड निर्माण कार्य सम्पन्न गरिनेछ । आगामी वर्ष ८ सय किलोमिटर विस्तार हुनुका साथै २ सय ५७ किलोमिटर सडक विस्तार हुनेछ ।
काठमाडौं–तराई द्रुतमार्ग विस्तार ३ वर्षभित्र गरिने पनि उनले बताएका छन् । यसका लागि ३० अर्ब ७ करोड बजेट विनियोजन गरेको उनले बताए ।
हुलाकी राजमार्ग विस्तारका लागि ६ अर्ब ७ करोड विनियोजन गरिएको छ । मदन भण्डारी राजमार्ग स्तरोन्नतिका लागि २ अर्ब ९१ करोड रकम विनियोजन गरिएको छ ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया