
नेपालमै पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न दुई वर्ष समय थपियाे

देलेख
पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न दुई वर्ष समय थपिएको छ । जिल्लाको ज्वाला क्षेत्रमा जारी अन्वेषण तथा उत्खननका लागि समय थपिएको हो ।
पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरेको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा गणेशनाथ त्रिपाठीले बताउनुभयो ।
उहाँले कोभिड महामाहारीका कारण बन्द भएको काम चिनियाँ टोली नेपाल आउनसाथ पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननअन्तर्गत दोस्रो चरणको काम सुरु हुने बताउनुभयो ।
“कोभिड महामारीका बेलादेखि नेपाल र चीनबीच सिधै हवाइसेवा सञ्चालन हुन सकेको थिएन”, त्रिपाठीले भन्नुभयो, “अब चिनियाँ टोली नेपाल आउन तयार छ ।”
सदियौँदेखि पानीमाथि आगो बल्दै आएको ज्वाला क्षेत्रको नाविस्थान, श्रीस्थान, कोटिला, तल्लो डुङ्गेश्वर र पादुकालगायत क्षेत्रलाई आधार बनाएर पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल सरकार र चीन सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच सन् २०१९ फेब्रुअरी २८ मा सम्झौता भएको थियो ।
पेट्रोलियम पदार्थ अन्वेषणका लागि तीन वटा पूर्वपश्चिम र सात वटा उत्तर दक्षिण दिशामा खनिएका १० सिस्मिक लाइनमा सर्वेकार्य सकिएपछि अन्वेषणका लागि गरिने मुख्य ड्रिलिङको काम सुरु गर्ने भनिए पनि कोरोनाका कारण काम प्रभावित बनेको थियो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया