

नीति तथा कार्यक्रममा परम्परागतमा सामान्य सुधार : डा. भट्टराई



काठमाडौं
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम सकारात्मक भए पनि सुधारको आँट नगरेको टिप्पणी गरेका छन् ।
संसद भवन बानेश्वरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले नीति तथा कार्यक्रम परम्परावादी नै भए पनि केही सुधार गर्न खोजिएको बताएका हुन् । ‘सरकारले ल्याएको नीति तथा कार्यक्रम समग्रमा सकारात्मक छ । महत्वपूर्ण सुधारको संकेत गरिएका छन् । तर यति सामान्य सुधारले मात्र पुग्दैन’ उनले भने ।
सरकारले संरचनात्मक सुधार गर्ने आँट नगरेको भट्टराईले बताए । ‘चुनावी वर्ष भएकाले सरकारमा हुनेहरुले नयाँ कुरा गर्ने आँट गर्दैनन्, पपुलिस्ट कार्यक्रम ल्याउनुपर्ने बाध्यता पनि छ’ उनले भने ।
भट्टराईले नीति तथा कार्यक्रमललाई परम्परावादी सुधारात्मक भनेका छन् । ‘मेरो विचारमा १९ को २० भयो’ उनले भने, ‘कृषिको प्राथमिकीकरण गर्ने कुराहरु छन्, संघ, प्रदेश र स्थाद्दीय तहको अधिकारका कुराहरु आएका छन् ।’


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया