

बुटवल उपमहानगर : बाबुरामलाई हराए खेलराजले



बुटवल। बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय ३०,१३० मत ल्याई विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार बाबुराम भट्टराईलाई ७,५३३ मतान्तरले पराजित गरेका हुन् । पराजित बाबुराम भट्टराईले २२,५९७ मत ल्याएका छन् ।
यस्तै उपप्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उम्मेदवार सावित्रादेवी अर्याल २४,९०४ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवार चीनबहादुर गुरुङले १६,९८० मत ल्याएका छन् ।
बुटवलमा ६३ हजार १७ मत खसेको थियो । कांग्रेससहितको ५ दलीय गठबन्धन भएको उपमहानगरमा एमालेले जनमुक्ति पार्टीका साथ लिएको थियो । जनमुक्ति पार्टीका केही उम्मेदवारले सदस्य भने जितेका छन् ।
बुटवलका १९ मध्ये ११ वडा कांग्रेसले जितेको छ । एमाले ५ वडामा खुम्चिएको छ । स्वतन्त्र, गठबन्धनबाट रुख चिन्ह लिएको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक–एक वडा जितेका छन् । जबकि ०७४ को चुनावमा यहाँ प्रमुख÷उपप्रमुखसहित १६ वडा एमालेले जितेको थियो । कांग्रेस २ वडामा मात्रै खुम्चिएको थियो ।
२०५४ देखि लालकिल्ला बनेको बुटवल उपमहानगरमा एमालेले ठूलो हार बेहोरेको छ । बुटवलमा भएको अस्थायी राजधानी दाङ लैजानु, पार्टी फुट, मोतीपुर औद्योगिक क्षेत्र मुआब्जा विवाद, चौराह गोलपार्क क्षेत्रको भताभुङ्ग राजमार्ग र मतदाताबीच कम भिजेका प्रमुखका उम्मेदवार एमालेका लागि हारका कारण बनेको विश्लेषक बताउँछन् ।
बुटवल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्रसमेत हो ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया