

रुपन्देहीको सियारीमा अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी



रुपन्देही । गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जितेको रुपन्देहीको सियारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा नोपली कांग्रेसका जिल्ला उपसभापतिसमेत रहेका थानेश्वर घिमिरे १० हजार ४५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी
निर्वतमान गाउँपालिका अध्यक्षसमेत रहेका नेकपा एमालेका उम्मेदवार अयोध्या थारुले ७ हजार २ सय ६८ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा कांग्रेसका तारा थारु ८ हजार ९ सय ९० मत ल्याई विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी अमृता गुरुङले ७ हजार २ सय ६९ मत प्राप्त गरिन्।
त्यसैगरी वडा नम्बर १ मा राप्रपाका अरुणकुमार शाही १ हजार ७९ मत ल्याई विजयी भएका छन् । वडानम्बर २ मा एमालेका जनार्दन यादव १ हजार ३ सय ८ मत ल्याइ विजयी भएका छन् ।
वडा नम्बर ३ मा कांग्रेसका रामचन्द्र कुर्मी विजयी भएका छनन् । उनले ८ सय ३२ मत पाए । वडा नम्बर ४ मा कांग्रेसकै श्रीराम यादव अहिर ८ सय ४३ मत ल्याइ विजयी भएका छन् । वडा नम्बर ५ मा कांग्रेसकै धनपति खरेल ९ सय ७३ मत ल्याई विजयी भए ।
वडा नम्बर ६ मा एमालेका शेर बहादुर गुरुङ्ग १ हजार ४ सय ६ मत ल्याई विजयी भएका छन् । वडा नम्बर ७ मा कांग्रेसका दिपक बहादुर शाही २ हजार १ सय १२ मत प्राप्त गरि विजयी घोषित भएका छन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया