

तिलोत्तमा अवरुद्ध भएको मतगणना सुरु



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको रोकिएको मतगणना साँझ ९ बजेबाट सुचारु भएको छ। मतगणनामा विवाद सिर्जना भएपछि तिलोत्तमा नगरपालिकामा मतगणना हुँदै गरेका वडा नं।२ को सोमबार साँझबाट र वडा नं। १६ को मंगलबार बिहान देखि गणना रोकिएको थियो।
निर्वाचन अधिकृतको कार्यालयमा बुधबार बसेको बैठकले बुधबार साँझदेखि नै मतगणना सुचारु गर्ने गरी सहमति गरेको हो। सहमति अनुसार गणना हुँदै गरेको वडा नं।२ र १६ को पुनः गणना गरिने छ। ती दुई वडाको पुनः गणनाको लागि निर्वाचन आयोगले निर्देशन गरेको थियो। लगत्तै बाँकी वडाको पनि मतगणना गर्ने, मतगणनामा निजामती सेवाका कर्मचारी राख्ने, प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई सबै केन्द्रमा निरीक्षण अवलोकन गर्न पाउने छन्।
सबै मतगणना केन्द्रमा दलले तोकेको १–१ जना मात्रै प्रतिनिधि बस्न पाउने, उम्मेदवारसँग अरू कुनै व्यक्ति जान नपाउने, स्वतन्त्र उम्मेदवारको हकमा प्रमुख र उपप्रमुख पदका उम्मेदवारले पनि सबै केन्द्रमा निरीक्षण गर्न पाउने, प्रतिनिधि राख्न चाहेमा एक जना एउटा केन्द्रमा मात्रै राख्न पाउने, उम्मेदवार बस्न चाहेमा प्रतिनिधि राख्न नपाउने सहमति भएको छ।
मादक पदार्थ सेवन गरेका कोही पनि मूल गेटबाट भित्र पस्न नपाउने, मतगणना स्थलमा मोबाइलको प्रयोग गर्न नपाउने सहमति भएको छ। तिलोत्तमा नगरपालिका वडा नं। २ को मत गणनामा खटिएका कर्मचारीले मत परिणाम नै फरक पारेपछि त्यसबाट उत्पन्न विवादका कारण सोमबार साँझबाटै मतगणना स्थगित भएको थियो।
त्यस्तै वडा नं।१६ को गणनाको क्रममा गणना भएको मत परिणाम अनुसार नेपाली काँग्रेसको १४१ हुनुपर्नेमा ११४ र नेकपा एमालेको २५९ हुनुपर्नेमा २९५ भएपछि तिलोत्तमाको मतगणनामा थप विवाद भएको हो। जसका कारण मंगलबार बिहानदेखि मतगणना पूर्ण रूपमा स्थगित भएको थियो।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया