

दाङको लमही नगरपालिकामा नेपाली कांग्रेस विजयी

दाङ । दाङको लमही नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
दाङका ९ वडामध्ये ८ वडा कांग्रेसले जितेको छ । वडा नम्बर ५ मा मात्रै माओवादी केन्द्रले जितेको छ । २०७४ मा मेयर जितेको एमाले भने यसपटक शून्य भएको छ ।
मेयरमा कांग्रेसका जोगराज चौधरी २ हजार ३२ मतान्तरले विजयी भएका छन । उनले ९ हजार ३ सय १७ मत प्राप्त गरे । चौधरी २०७४ मा एमालेका कुलबहादुर केसीसँग पराजित भएका थिए ।
उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका बसन्तराज शर्माले ७ हजार २ सय ८५ मत प्राप्त गरेका छन् ।एमालेका दण्डीराम चौधरीले ५ हजार ५ सय ३ मत प्राप्त गरेका छन् ।
उपमेयरमा कांग्रेसकी लक्ष्मी योगी ८ हजार ७ सय ३७ मतका साथ विजयी भएकी छन् ।
उनकी निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रकी गंगा पाण्डेले ५ हजार ८ सय ४८ र एमालेकी सुशिला शर्माले ५ हजार ३ सय १२ मत प्राप्त गरेकी छन् ।
कांग्रेसबाट लमही नगरपालिका १ दामोदर पौडेल, २ नेपालु चौधरी, ३ मनोज चौधरी, ४ मा सुवास न्यौपाने, ६ श्यामनारायण चौधरी, ७ मोहन गिरी, ८ मा उमेश खड्का, ९ भेषबहादुर केसी (रमेश) निर्वाचित भएका छन ।
लमही–५ मा भने माओवादीका ओमप्रसाद सुवेदी निर्वाचित भएका हुन । कांग्रेसबाट चार वटा वडामा पुरानै वडा अध्यक्ष दोहोरिएका छन ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया