

लुम्बिनीमा मोदीलाई देउवाले गरे स्वागत



रुपन्देही । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज (सोमबार)लुम्बिनी आइपुगेका छन् । मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनीमा निर्मित हेलिप्याडमा स्वागत गरेका छन् । प्रधानमन्त्री देउवाको निमन्त्रणामा मोदी लुम्बिनी आएका हुन् । उनको यो औपचारिक भ्रमण हो ।
प्रधानमन्त्रीको हैसियतमा मोदीको यो पाँचौ नेपाल यात्रा हो । मोदी ६ घण्टा लुम्बिनीमा रहने छन् । मोदीले केहीबेरमा प्रधानमन्त्री देउवासँगै विशेष पूजाआजा गर्ने कार्यक्रम छ । त्यसपछि दुई प्रधानमन्त्रीले भारतीय सहयोगमा बन्ने बौद्ध सांस्कृतिक केन्द्रको शिलान्यास गर्नेछन् ।
मोदी लुम्बिनी आउने पहिलो भारतीय प्रधानमन्त्री हुन् । विगतमा भारतीय प्रधानमन्त्रीहरु नेपाल यात्राका क्रममा पशुपति र पोखराको भ्रमणमा जाने गरे पनि लुम्बिनी, मुक्तिनाथ र जनकपुर चाहिँ जाने गर्दैनथे । नेपालका यी सबै धार्मिकस्थल भ्रमण गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया