

मोदीको स्वागतका लागि प्रधानमन्त्री देउवा सहित मन्त्रीहरु लुम्बिनीमा



भैरहवा । बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाको निमन्त्रणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोली बिहान लुम्बिनी आउँदै छन् । लुम्बिनीमा उनको स्वागतको सम्पूर्ण तयारी पुरा भई सकेको लुम्बिनी विकास कोषले जनाएको छ ।
प्रधानमन्त्री शेर शहादुर देउवा आजै लुम्बिनी आइ सकेका छन । उनी लुम्बिनीको होटल कसाईमा बसेका छन भने उनि संगै बिभिन्न मन्त्रीहरु समेत लुम्बिनी पुगि सकेका छन।
यसै गरि नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरिक्षक धिरज प्रताप सिंह, शसस्त्र प्रहरी महानिरिक्षक राजु अर्याल र नेपाली सेनाका सेनापति प्रभुराम शर्मा पनि लुम्बिनी आईसकेका छन।
यस अघि नै भारतीय प्रधानमन्त्रीको सुरक्षामा खटिने स्पेशल प्रोटेक्सन गार्ड (एसपिजी) को टोली लुम्बिनी आई पुगेको थियो । भोली बिहान ११ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ४ वटा हेलिकप्टरमा लुम्बिनी आई पुग्ने कार्यक्रम रहेको छ । लुम्बिनी झरेर मोदी सोझै मायादेवी मन्दिर जानेछन् ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीका अनुसार मायादेवी मन्दिरमा मार्कर स्टोनमा फुल अर्पण गरि पूजा गर्ने, पुष्कर्णि पोखरीको अवलोकन र अशोक स्तम्भ अगाडी २ वटा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । त्यस पछि मायादेवी मन्दिरमा रहेको बोधीबृक्षमा पानी हाल्ने आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि मोदी साझै भारतको आईबीसीद्वारा निर्माण हुने बिहारको शिलान्यास गर्ने र त्यहा पछि होटल पवनमा केही बेर बिश्राम गर्ने तथा त्यही दुई सरकारबीच वार्ता एवम पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
२ बजे मोदी लुम्बिनीमा नवनिर्मित सभाहलमा आयोजित मूल समारोह समितिमा भाग लिइ सम्बोधन गर्ने र करिब ३ बजे भारत फिर्ता हुने कार्यक्रम रहेको त्रिपाठीले जानकारी दिए । मोदी आउने भएपछि लुम्बिनीको सुरक्षा ब्यवस्था कडा बनाईएको छ । भोलि हुने मोदीको आगमनको क्रममा आज त्यसको पूर्वाभ्यास समेत गरिएको थियो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया