


पालिकामा राप्रपाले खाता खोल्न सकेन, वडा तहमा भने १५ स्थानमा विजयी



काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम हेर्दा सुधारिएको नतिजा देखिएको छ । तर, अहिलेसम्म ६ स्थानीय तहमा अग्रता बनाएको राप्रपाले जितको खाता भने खोलिसकेको छैन । वडा तहमा भने राप्रपा १५ स्थानमा विजयी भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
हालसम्म कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नं ५ मा केशव खत्री, कपिलवस्तुको कृष्णनगर नगरपालिका १ मा टुकनाथ चौधरी अध्यक्षमा विजयी भएका छन् । यस्तै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नंम्१ मा लक्ष्मण मेहता अध्यक्षमा विजयी हुँदा रुपन्देहीको रोहिणी गाउँपालिकाको वडा नम्बर १ मा अलि पठान (मुक्त्तर अहमद पठान) विजयी भएका छन् ।
यस्तै चितवनको माडी नगरपालिका वडा नम्बर १ मा अमित लामा, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ मा छेदीलाल श्रीवास्तव, नवलपरासीको रामग्राम १ मा रुद्र प्रसाद सिंह अध्यक्ष, डोटीको केआई सिंह गाऊँपालिका ७ मा दिल बहादुर बलायर, बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ मा गणेश बहादुर विष्ट, पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा उमेश कार्की, धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ मा सोनाम तामाङ, रुपहेन्दीको ओमसतिया १ मा बेलबहादुर बराल अध्यक्षमा विजयी भएका छन् ।
यस्तै कञ्चनपुरको दोधारा चाँदनी १ मा बिक्रम चन्द, धादिङको खनियाबास वडा नम्बर २ मा अरुण तामाङ र रुपन्देहीको सियारी गाउँपालिका वडा नं १ मा अरुण शाही विजयी भएका छन् । ती वडाहरुका अधिकांश स्थानमा राप्रपाका उम्मेदवार प्यानल विजयी भएका हुन् ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया