

अवैध हातहतियारसहित रुपन्देहीमा चारजना पक्राउ



भैरहवा ।
रुपन्देही प्रहरीले अवैध हातहतियारसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको देवदह नगरपालिका–६, सताकखोला बस्ने ३६ वर्षीय गणेश राना, सोही ठाउँका ४६ वर्षीय कृष्णबहादुर कामु, ४९ वर्षीय सुनबहादुर आले र ३६ वर्षीय चेतबहादुर दर्लामी रहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिए ।
उनीहरुलाई देवदह–६ भलुहीस्थित उजेरी पाल्पाली सामुदायिक वन भित्र भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त वनमा भरुवा बन्दुकसहित मानिसहरु हिँडिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो पौने तीन बजे चारैजनालाई पक्राउ गरिएको डीएसपी पौडेलले बताए ।
उनीहरुको साथबाट प्रहरीले ७ नाल भरुवा बन्दुक, उक्त बन्दुकमा लाग्ने छर्रा १२९ पिस, ३२७ ग्राम वारुद, ७५ पिस केप र २ थान फलामको चक्कु बरामद गरेको छ । पक्राउ परेका चारैजनालाई रुपन्देही जिल्ला अदालतबाट पक्राउ पूर्जी अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया