
कपिलवस्तु फुड बैँकको चौथो दिन सम्म आउदा २०० घरपरिवारलाई सहयोग

ई–साझाकुरा नवराज बेल्वासे, भदौ २५
कपिलवस्तुका सामाजिक युवाले सञ्चालन गरेको फुड बैँकको चौथो दिनसम्म आउदा उत्साहजनक रहेको अभियानका सदस्यहरुले बताएका छन् । कोरोना भाईरसको महामारीको बेला धेरैको गास खोसिएको महशुस गरेपछि फुड बैँक सञ्चालनमा ल्याइएको हो ।

कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिका अन्र्तगत चार नम्बर जितपुरबाट अभियानको सञ्चालन गदैँ अभियान घरेवा बनगाई सम्म आएको हो । अभियानको पाचौँ दिन भदौ २६ गते अभियान बुद्धभुमि नगरपालिका गोरुसिङ्गेमा अभियान सञ्चालन गरिने भएको छ ।
विशेषगरी बिहान ७ बजेदेखि ९ बजे सम्म अभियानले निरन्तरता पाउने बताइएको छ । हुनेले दिएर जाउँ नहुनिले लिएर जाउ भन्ने उदेश्यका साथ सञ्चालनमा आएको अभियानमा चौथो दिन सम्म आउदा २०० घरपरिवारलाई खाद्य सहयोग गरेको अभियानका सदस्य शुशान्त पोख्रेलले ई–साझाकुरालाई जानकारी दिनुभएको छ ।
कसैले खाद्य सामाग्री दिएर भने कसैले आर्थिक सहयोग गरेका कारण अभियानमा आफुहरुले सोचेको भन्दा राम्रो सहयोग आएको र थप सहयोग आउने कुरामा आफुहरु ढुक्क रहेको पोख्रेलले बताउनुभयो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया