
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन

सरकारले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।
सरकारले अधिकारीलाई निलम्बन गर्दै कार्यबाहक गभर्नरको जिम्मा डेपुटी गभर्नर निलम ढुंगानालाई दिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
आर्थिक अवस्था डामाडोल हुँदै गएको, राष्ट्र बैंकको गर्भनरका हैसियतमा गर्नुपर्ने कामकारवाहीमा प्रश्न चिह्न खडा भएको भन्दै स्रोतले गम्भीर आरोप लागेकाले गभर्नरबारे अध्ययन गर्न छानबिन समिति गठन गरिएको जनाएको छ । आरोपबारे छानविन गर्न नेपाल राष्ट्र बैंक ऐनकाअनुसार पूर्व न्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति बनेको छ । नेपाल राष्ट्र बैंक ऐन अनुसार समिति गठन भएपछि गभर्नर स्वत निलम्बनमा पर्ने ब्यवश्था छ ।
यस अघि विजय नाथ भट्टराई गभर्नर भएको समयमा पनि भट्टराईलाई अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि भट्टराई पछि स्वत निलम्बनमा परेका थिए । अदालतबाट मुद्दा जितेर आइ उनले कार्यकाल पुरा गरेका थिए ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया