

धारिलो हतियार प्रयोग गरी एक होटल व्यवसायीको हत्या



भदौ २२, गुल्मी ।
गुल्मीको इस्मामा धारिलो हतियार प्रयोग गरी एक होटल व्यवसायीको हत्या भएको छ। इस्मा गाउँपालिका(२ हस्तिचौरका २३ वर्षीय मोती बहादुर कुँवरमाथि सोमबार राती गम्भीर घाइते हुनेगरी कुटपिट भएको र बिहान ज्यान गएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठका अनुसार मोती र उनका दाजु यमबहादुरले इस्मा गाउँपालिका(१ हस्तिचौरको छिनुवा खोलामा होटल सञ्चालन गर्दै आएका थिए। यम बहादुरले आफु ९ बजे बेलुकी घर गएको र बिहान आउँदा भाइलाई अचेत अवस्थामा रगताम्मे फेला पारेको बताए। अचेत अवस्थामा भेटिएका कुँवरलाई उपचारको लागि गुल्मी अस्पताल तम्घास लैजाने क्रममा बाटोमै ज्यान गएको थियो। अस्पताल ल्याउँदा मृत्यु भइसकेकाले घोषणा मात्रै गरेको जिल्ला अस्पताल गुल्मीले जनाएको छ। मृतक कुँवरको टाउको र शरीरका विभिन्न भागमा चोटैचोट देखिएको छ। घटनास्थल इस्मा गाउँपालिकाको कार्यालयबाट करिब ४ किलोमिटर दक्षिणतर्फ रहेको इस्मा प्रहरी चौकीका असई कृष्ण विकले बताए।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्थको टोली र इस्मा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले अहिले घटनास्थलमा पुगेर अनुसन्धान सुरू गरेको छ। कुटपिटमा संलग्नको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया