

धारिलो हतियार प्रयोग गरी एक होटल व्यवसायीको हत्या



भदौ २२, गुल्मी ।
गुल्मीको इस्मामा धारिलो हतियार प्रयोग गरी एक होटल व्यवसायीको हत्या भएको छ। इस्मा गाउँपालिका(२ हस्तिचौरका २३ वर्षीय मोती बहादुर कुँवरमाथि सोमबार राती गम्भीर घाइते हुनेगरी कुटपिट भएको र बिहान ज्यान गएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठका अनुसार मोती र उनका दाजु यमबहादुरले इस्मा गाउँपालिका(१ हस्तिचौरको छिनुवा खोलामा होटल सञ्चालन गर्दै आएका थिए। यम बहादुरले आफु ९ बजे बेलुकी घर गएको र बिहान आउँदा भाइलाई अचेत अवस्थामा रगताम्मे फेला पारेको बताए। अचेत अवस्थामा भेटिएका कुँवरलाई उपचारको लागि गुल्मी अस्पताल तम्घास लैजाने क्रममा बाटोमै ज्यान गएको थियो। अस्पताल ल्याउँदा मृत्यु भइसकेकाले घोषणा मात्रै गरेको जिल्ला अस्पताल गुल्मीले जनाएको छ। मृतक कुँवरको टाउको र शरीरका विभिन्न भागमा चोटैचोट देखिएको छ। घटनास्थल इस्मा गाउँपालिकाको कार्यालयबाट करिब ४ किलोमिटर दक्षिणतर्फ रहेको इस्मा प्रहरी चौकीका असई कृष्ण विकले बताए।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्थको टोली र इस्मा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले अहिले घटनास्थलमा पुगेर अनुसन्धान सुरू गरेको छ। कुटपिटमा संलग्नको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।


खबर सबै
-
रास्वपाले राहुल केसीलाई दियो लुम्बिनी प्रदेश अधिवेशन निर्वाचन समितिको जिम्मेवारी
-
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
-
आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुदैछ सहज ?
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची











प्रतिक्रिया