

लगातार ३ दिन घटेको शेयर बजार आज ४० अङ्कले बढ्यो



काठमाण्डाै
यो हप्ता लगातार तीन दिन घटेको शेयर बजार हप्ताको चौथो दिन आज बुधवार भने ४० अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४० दशमलव ६८ अङ्कले बढेर दुई हजार पाँच सय ६८ दशमलव २५ बिन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, उत्पादन, अन्य, बीमा र होटल समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
शेयर बढेकाे दिन दुई सय ३२ वटा कम्पनीका ४५ लाख दुई हजार कित्ता शेयर दुई अर्ब २५ करोड रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै सिद्धार्थ इन्सुरेन्स लिमिटेडको ११ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज इमर्जिङ नेपाल लिमिटेड, राष्ट्र उत्थान लघुवित्त र नेस्डो समृद्ध लघुवित्त संस्थाको शेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ । बजार बढे पनि युनिलिभर नेपाल लिमिटेडको शेयर भने झन्डै दुई प्रतिशतले घटेको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया