

प्रदेश ५ सरकार योजनाविहीन बनेको कांग्रेको आरोप



भदौ २१, बुटवल ।
नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलले प्रदेश ५ सरकार दिशाविहिन र योजना विहिन भएको आरोप लगाएको छ।
उसले प्रदेश सरकार कोरोना नियन्त्रण र उपचारको मुल जिम्मेवारीबाट पन्छिएको बताएको छ। प्रदेश संसदीय दलका नेता विरेन्द्र कनौडियाले आज मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र लेख्दै तत्काल कोरोना संक्रमणको नियन्त्रणको लागि उपचारको समुचित व्यवस्था गर्न र आम नागरिकले भोग्नुपरेका आर्थिक तथा सामाजिक संकट समाधानका लागि अल्पकालिन तथा दिर्घकालिन कार्ययोजना ल्याउन भनेका छन्।
त्यसै गरी तत्काल आवश्यक संख्यामा निजी अस्पताललाई कोरोना अस्पताल बनाउन, अस्पतालहरुमा अक्सिजन र भेन्टिलेटरको तत्काल व्यवस्था गर्न, संक्रमणको सम्भावना ज्यादा भएका स्थानमा पिसिआर परिक्षण बढाउन माग गरिएको छ।
त्यसै गरी स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमणको लागि व्यवस्थापकीय तालिम विस्तार गर्न, कोरोना विरुद्ध अग्रभागमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुले पाउने जोखिम भत्ता समयमै उपलब्ध गराउन कांग्रेसले माग गरेको छ।



खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया