

प्रदेश ५ सरकार योजनाविहीन बनेको कांग्रेको आरोप



भदौ २१, बुटवल ।
नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलले प्रदेश ५ सरकार दिशाविहिन र योजना विहिन भएको आरोप लगाएको छ।
उसले प्रदेश सरकार कोरोना नियन्त्रण र उपचारको मुल जिम्मेवारीबाट पन्छिएको बताएको छ। प्रदेश संसदीय दलका नेता विरेन्द्र कनौडियाले आज मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र लेख्दै तत्काल कोरोना संक्रमणको नियन्त्रणको लागि उपचारको समुचित व्यवस्था गर्न र आम नागरिकले भोग्नुपरेका आर्थिक तथा सामाजिक संकट समाधानका लागि अल्पकालिन तथा दिर्घकालिन कार्ययोजना ल्याउन भनेका छन्।
त्यसै गरी तत्काल आवश्यक संख्यामा निजी अस्पताललाई कोरोना अस्पताल बनाउन, अस्पतालहरुमा अक्सिजन र भेन्टिलेटरको तत्काल व्यवस्था गर्न, संक्रमणको सम्भावना ज्यादा भएका स्थानमा पिसिआर परिक्षण बढाउन माग गरिएको छ।
त्यसै गरी स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमणको लागि व्यवस्थापकीय तालिम विस्तार गर्न, कोरोना विरुद्ध अग्रभागमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुले पाउने जोखिम भत्ता समयमै उपलब्ध गराउन कांग्रेसले माग गरेको छ।



खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया