

च्याम्पियन्स लिगको क्वाटर फाइनल ‘ड्र’ सार्वजनिक : चेल्सी र रियल खेल्ने



काठमाण्डाै
यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटर फाइनल ‘ड्र’ सार्वजनिक भएको छ।
यूईएफएले हिजो सार्वजनिक गरेको ‘ड्र’ अनुसार सेमिफाइनल पुग्न साविक विजेता चेल्सीले रियल मड्रिडसँग खेल्नेछ । यस्तै क्वाटर फाइनलमा म्यानचेस्टर सिटीले एट्लेटिको मड्रिडसँग, लिभरपुलले बेन्फिकासँग र बायर्न म्युनिखले भिल्लारियलसँग खेल्ने भएको छ ।
क्वाटर फाइनलको पहिलो लेग अप्रिल ५ र ६ मा हुनेछ । त्यस्तै दोस्रो लेग अप्रिल १२ र १३ मा हुनेछ । सेमिफाइनलको पहिलो लेग अप्रिल २६ र २७ तथा दोस्रो लेग मे ३ र ४ मा हुनेछ । च्याम्पियन्स लिगको फाइनल खेल फ्रान्समा मे २८ मा हुनेछ।


खबर सबै
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
डल्ले सराय नाच प्यूठानको मौलिक सांस्कृतिक पहिचान
-
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा
-
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
-
डल्ले सराय नाच प्यूठानको मौलिक सांस्कृतिक पहिचान
-
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा
-
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
-
भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयतालाई प्रगाढ बनाउँछ : प्रधानमन्त्री बालेन
-
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे
-
बाणगंगामा जुवाको खालमा प्रहरीको छापा, ११ जना रंगेहात पक्राउ







प्रतिक्रिया