

सिपिएल : टिम जमैका ७ विकेटले पराजित



भदौ २१,काठमाण्डौ
क्यारेबियन प्रिमियर लिग ९सीपीएल० क्रिकेटमा सन्दीप लामिछानेको टिम जमैका तलावाज ७ विकेटले पराजित भएको छ ।
जमैकाले दिएको १ सय ६२ रनको लक्ष्य बार्बाडोस ट्रिन्डाडले १८ दशमलव २ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो । पहिला ब्याटिङ गरेको जमैकाले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । जमैकाका लागि जर्मेन ब्ल्यावुडले ७४ रन जोड्दा आन्द्रे रसेलले ५४ रनको योगदान गरे । ग्लेन फिलिप्सले १७ रन बनाएका थिए ।
बार्बाडोसका लागि ज्यासन होल्डर, जोशु विश्वप र हेडियन वाल्सले एकरएक विकेट लिएका थिए । १ सय ६२ रनको लक्ष्य पछ्याएको बार्बाडोसले मात्र ३ विकेट गुमाएर लक्ष्य भेटायो । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एक विकेट लिन सफल भए । ४ ओभर बलिङ गरेका सन्दीपले २६ रन खर्चिएर एक विकेट लिएका हुन् ।
बार्बाडोसलाई जिताउन महत्वपूर्ण योगदान गरेका जेशन होल्डरको विकेट सन्दीपले लिएका थिए । यसअघिको भेटमा जमैकालाई बार्बाडोसले ३६ रनले पराजित गरेको थियो । जमैकाले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ भने बार्बाडोस प्रतियोगिताबाट बाहिरिएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया