

सिपिएल : टिम जमैका ७ विकेटले पराजित



भदौ २१,काठमाण्डौ
क्यारेबियन प्रिमियर लिग ९सीपीएल० क्रिकेटमा सन्दीप लामिछानेको टिम जमैका तलावाज ७ विकेटले पराजित भएको छ ।
जमैकाले दिएको १ सय ६२ रनको लक्ष्य बार्बाडोस ट्रिन्डाडले १८ दशमलव २ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो । पहिला ब्याटिङ गरेको जमैकाले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । जमैकाका लागि जर्मेन ब्ल्यावुडले ७४ रन जोड्दा आन्द्रे रसेलले ५४ रनको योगदान गरे । ग्लेन फिलिप्सले १७ रन बनाएका थिए ।
बार्बाडोसका लागि ज्यासन होल्डर, जोशु विश्वप र हेडियन वाल्सले एकरएक विकेट लिएका थिए । १ सय ६२ रनको लक्ष्य पछ्याएको बार्बाडोसले मात्र ३ विकेट गुमाएर लक्ष्य भेटायो । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एक विकेट लिन सफल भए । ४ ओभर बलिङ गरेका सन्दीपले २६ रन खर्चिएर एक विकेट लिएका हुन् ।
बार्बाडोसलाई जिताउन महत्वपूर्ण योगदान गरेका जेशन होल्डरको विकेट सन्दीपले लिएका थिए । यसअघिको भेटमा जमैकालाई बार्बाडोसले ३६ रनले पराजित गरेको थियो । जमैकाले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ भने बार्बाडोस प्रतियोगिताबाट बाहिरिएको छ ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया