

बाणगंगा नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु



भगवती न्यौपाने / कपिलवस्तु
राष्ट्रिय सभा सदस्य विमला घिमिरेले देशलाई स्वच्छ प्रतिस्पर्धामा अन्तरास्ट्रिय रुपमा चिनाउने महत्वपुर्ण माध्यम खेलकुद भएको हुदाँ विद्यालय स्तरको प्रतियोगिताले गाउँगाउँमा लुकेर रहेको प्रतिभालाई सहयोग पुग्ने बताउनु भयो । कपिलवस्तुको बाणगंगा नगरपालिकामा चौथो नगरस्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता बोल्दै उहाँले यस्तो बताउनु भयो । खेल क्षेत्रको माध्यमबाट व्यक्तिगत र जिल्लाको पहिचान बनाउन सहयोग पुग्ने बताउदै उहाँले बताउनु भयो ।
राष्ट्रिय सभा सदस्य घिमिरे राष्ट्लाई समृद्ध बनाउन युवालाई स्वरोजगार बनाउन आवश्यक रहेको बताउदै खेलकुदले अनुशासनको विकास गराउने हुर्दा यसलाई पढाइसँगसँगै अघि बढाइनु पर्ने बताउनु भएको थियो ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ जनता मावि पिपराको खेलमैदानमा बुधबारबाट सुरु भएको खेलमा प्रदेश सांसद विष्णु पन्थीले खेलले विद्यार्थीको शारिरीक, मानसिक तथा संवेगात्मक पक्षको विकास गर्ने बताउदै समग्र विकास भित्र खेलकुदले पनि समृद्ध नगरको आधार निर्माण गर्ने बताउनु भयो ।
जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख मिन प्रसाद पोख्रेलले वाणगंगा नगरका खेलाडीली जिल्ला, प्रदेश र केन्द्रमा समेत नाम राखेको बताउदै सबै खेलाडीहरुलाई अनुसासन भएर खेल्न आग्रह गर्नु भयो ।
मेयर मंगल प्रसाद थारुको अध्यक्ष्यता,उपसचिव शिक्षा शाखा प्रमुख बाबुराम भट्राईको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन शिक्षक उज्ज्वल अधिकारीले गर्नु भएको थियो । उक्त कार्यक्रममा उपप्रमुख चक्रपाणि अर्याल,प्रशासकिय अधिकृत टेकराज पन्थी,वडा नम्वर २का वडा अध्यक्ष विष्णु पाैडेल, प्रशासन शाखा अधिकृत केशवराज भट्टराई ,लगायत शिक्षक विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको थियो ।
२६,२७,२८ तिन दिन हुने खेलमा भलिबल,कबड्डी,एथलेक्टिस र कराते हुने छ जसमा नगरपालिकाका १७ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । कार्यक्रममा माच पास सँगै नाचगान पनि भएको थियो । प्रथम तृतिय र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीहरुका लागि शिल्ड, टफि, मेडल र प्रमाण वितरण गरिने छ । यस्तै राष्ट्यि खेलकुद परिषदको दिक्षान्त कार्यक्रममा दिक्षित भएका खेलाडीहरुलाई सम्मान गरिएको थियो ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया