

हरितयारसहित तीन जना प्रहरीको नियन्त्रणमा


दाङ । लुम्विनी प्रदेश प्रहरी कार्यालयले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ। बाँकेको डुडुवा गाउँपालिका ४ राप्ती पुल नजिकैबाट हतियारसहित ३ जना व्यक्ति पक्राउ परेको प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ।
पक्राउ पर्नेमा बाकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं। १८ कारकाँदोका २९ वर्षिय सुसान्त केसी, वडा नं १२ कोरियनपुरका २८ वर्षिय दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका ३ का ३२ वर्षिय द्धारीका उपाध्याय रहेका छन्।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय बनकट्टी बाँकेले नियन्त्रणमा लिएको हो। उनीहरुको साथबाट बाग्मती प्रदेश ०१-०२५ च ३०९७ नं।को गाडी, गाडीको सिट पछाडीको ब्यागमा लुकाई छिपाई राखेको मेडिन युएसए अटोमेटिक पेस्तोल थान १९, गोली ९ राउण्ड, खुडा थान १, नोक थान २ बरामद गरिएको हो।
बरामद गरिएको हतियार र निज व्यक्तिहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया