

रुस र युक्रेन युद्धले कच्चा तेलको भाउ बढ्दो


रुस र युक्रेनबीचको तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अचाक्ली बढेको छ । युक्रेन युद्ध चर्किंदै जाँदा यसको असर कच्चा तेलको मूल्यमा परेको हो । युक्रेनमा रूसको आक्रमणबाट आपूर्ति अवरुद्ध हुने डरले तेलको मूल्य बढेको हो ।
आज एकैदिन झण्डै सात प्रतिशतले मूल्य बढेर कच्चा तेलको मूल्य सन् २०१४ यताकै उच्च बिन्दुमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आज कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय ६ डलर ७८ सेन्ट पुगेको छ । सन् २०१४ मा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय ७ डलर ५७ सेन्ट पुगेको थियो ।
अमेरिकालगायतका देशले रुसमाथिको प्रतिबन्ध बढाउँदै लगेपछि रुसबाट निर्यात हुने कच्चा तेल र ग्याँसको आपूर्तिमा असर पर्ने आकलन गरिएको छ । यसले पनि कच्चा तेलको भाउ बढाउन सहयोग पुगेको हो ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया