

रेडपाण्डाको छालासहित ३ जना पक्राउ

दाङ ।
जिल्ला प्रहरी कार्यालय दाङले प्रतिबन्धित वन्यजन्तु हाब्रे (रेडपाण्डा)को छालासहित ३ जनालाई पक्राउ गरेको छ ।
केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ वन्यजन्तु आखेटोपहार रेडपाण्डाको छाला ठूलो मात्रामा हिमाली क्षेत्रबाट ल्याई बिक्री वितरणका लागि दाङ जिल्ला हुँदै काठमाण्डौ तिर लैजाँदै गरेको भन्ने विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय भालुवाङ दाङको संयुक्त प्रहरी टोलीले शुक्रबार बेलुकी पक्राउ गरेको हो ।
दाङकै राप्ती गाउँपालिका–१ भालुवाङ – प्यूठान सडक खण्डमा जाँच गर्ने क्रममा प्रतिबन्धित दुर्लभ बन्यजन्तु रेडपाण्डाको पाँच थान छालासहित पक्राउ गरि घटना अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा रोल्पाको सुनिलस्मृति गाउँपालिका –७ बस्ने वर्ष ३२ का रामबहादुर थापा, लुङग्री गाउँपालिका–३ बस्ने वर्ष २० का रुपक खडका र सुनछहरी गाउँपालिका–७ बस्ने वर्ष १९ का रामकुमार पुन मगर रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
उपरीक्षक काफ्लेका अनुसार पक्राउ परेकाहरुले हिमाली क्षेत्रबाट कसैसँग कारोबार गरि अन्यत्र लैजाँदै गरेको बुझिएको छ । लोपोन्मुख हुन लागेको रेडपाण्डा यति ठूलो परिमाणमा मारिनु भनेको यसको अस्तित्व नै थप संकटमा पर्ने अवस्थामा पुगेको उनले बताए । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला वन कार्यालय दाङमा बुझाउने तयारी गरिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया