

सिटिजन लाइफ इन्स्योरेन्स कपिलवस्तुले दियाे १० लाख बढी मृत्यु दाबी भुक्तानी



कपिलवस्तु । कपिलवस्तुकाे जितपुर स्थित सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जितपुर तौलिहवा र चन्द्रौटा शाखाको संयुक्त आयोजनामा सिटिजन लिडर्स सँग अन्तरक्रिया कार्यक्रम र मृत्युु दाबी भुक्तानी गरेकाे छ । संस्थाले बिहिवार दस लाख ५० हजार रकम भुक्तानी गरेको हाे । गजेहडामा रहेको हिमालय पिस रिसोर्टमा आयाेजित कार्यक्रम मार्फत सो रकम भुक्तानी गरेकाे जितपुर शाखाका दिपक कुँवरले जानकारी दिनुभयो । बाणगंगा नगरपालिका ४ निवासी स्व.दिनेश मरासिनी ( सापकोटा मिस्ठान्न भन्डार)को श्रीमती बिस्नु मरासिनीलाई सो रकम हस्तान्तरण गरेको हो। सो कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका सि.ई.ओ.पोषकराज पौडेल ,सि.एम.ओ.भुसन रिमाल ,सि.बि.ओ.सुनिल पोख्रेल ,तालिम प्रमुख कुबेर पाठक,बाणगङा नगर प्रमुख मंगल प्रसाद थारु, वडा न. ४ का वडा अध्यक्ष गणेश क्षेत्री ,ए.बि.एम . लक्षमण मरासिनि र नरेश पौडेल , जितपुर शाखा प्रमुख सम्झना आचार्य ,चन्द्रौटा शाखा प्रमुख सागर पान्डे, तौलिहवा शाखा प्रमुख प्रकाश पौडेल ,जितपुर शाखा का बि.डि.सि.दीपक कुवर र सिनियर एजेन्सी म्यानेजर मधु गौतम र चन्दा पौडेल लगायत एक सय सिटिजन लिडर्सको उपस्थिति रहेको थियो। जितपुर एरियाका ए. बि.एम. लक्षमण मरासिनीको संचालन र शाखा प्रमुख सम्झना आचार्यको स्वागतमा कार्यक्रम सम्पन्न भएकाे । कार्यक्रममा बोल्दै नगर प्रमुख मंगल प्रसाद थारुले सिटिजन लाइफले बिमा क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै अझ प्रभावकारी काम गरोस भनी शुभकामना दिए।तेस्तै सि.इ .ओ. पोसकराज पौडेलले नेपाल कै पहिलो डिजिटल कम्पनी भएकोले र छोटो समयमा उल्लेखनीय काम गर्दै अहिले तेस्रो स्थानमा आउन सफल भएकोमा सम्पूर्ण सिटिजन लिडर्सलाई अझ प्रभावकारी काम गर्न र अप्ठ्यारोमा परेको बेला मलहम लगाउने कार्य पुन्यको काम भएको चर्चा गरेका थिए ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया