

ए डिभिजन लिग : मछिन्द्रलाई उपाधि जित्ने अवसर



काठमाडौँ
सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (बुधबार) तीन खेल हुँदैछन् ।
लिगको ११ औं चरणअन्तर्गत आज दशरथ रंगशाला दुई र एन्फा कम्प्लेक्समा एक खेल हुनेछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । याे खेल दिउँसो १ बजे सुरु हुनेछ ।
मछिन्द्र आज सातदोबाटोलाई हराएर दुई खेल अगावै लिग उपाधि उचाल्ने साेचका साथ मैदानमा उत्रिनेछ । शीर्ष स्थानको मछिन्द्रले १० खेलमा २६ अंक जोडेको छ ।
१० खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको सातदोबाटो पनि मछिन्द्रलाई हराउँदै अंक तालिका सुधार गर्ने प्रयासमा हुनेछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसाे १ बजेबाट नै हुने खेलमा विभागीय टाेली त्रिभुवन आर्मी फुटबल क्लबले हिमालयन शेर्पा क्लबकाे सामना गर्नेछ ।
१० खेलमा १८ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको आर्मी हिमालयनलाई हराउँदै दोस्रो स्थानमा उक्लने साेचमा छ ।
१० खेलमा १२ अंक जोडेर आठौं स्थानमा रहेको हिमालयन पनि आर्मीलाई पराजित गर्दै अंक तालिका सुधार्ने दाउमा छ ।
साँझ पाैने पाँच बजेबाट दशरथ रंगशालामा सुरु हुने दोस्रो खेलमा विभागीय टाेली नेपाल पुलिस क्लब थ्रिस्टार आमने सामने हुनेछन् ।
दुवै टाेली आजको खेलमा जित हात पार्दै अंक तालिका सुधार गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन् ।
पुलिस १० खेलमा १० अंक जोडेर दशौँ तथा थ्रिस्टार समान खेलबाट १७ अंकका साथ चौंथो स्थानमा छन् ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया