

तुल्सीपुरमा आगलागीमा मृतकको परिचय खुल्यो, एकै घरका तीन जना



दाङ तुलसीपुर उपमहानगरपालिका-५ काे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा भएकाे आगलागीमा परि ज्यान गुमाउने पाँच जनाकै पहिचान खुलेकाे छ ।
ज्यान गुमाउनेमा एकै परिवारका तीन जनासहित अन्य दुई जना रहेका छन् ।
ज्यान गुमाउनेमा इरम फुटवेयरका सञ्चालक तुलसीपुर उपमहानगरपालिका-५ का नजरदिन अली, उहाँकी छोरी सजिता खातुर र छोरा आविदिन अली रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । अली अन्दाजी ४०/४२ वर्षीय, उहाँकी छाेरी साजिता १३/१४ वर्षीया र छाेरा आविदिन ५/६ वर्षकाे हुनसक्ने प्रहरीकाे अनुमान छ ।
आगाेमा परेर त्यही पसलमा काम गर्ने अन्दाजी १४/१५ वर्षीय हसज बकस र १७ वर्षीय मसिन बकसकाे ज्यान गएकाे छ । मृतकहरुको शव अहिले राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।
आज बिहान २ बजेदेखि लागेको आगोमा परेर चार जना बालबालिकासहित एक जना पुरुषको ज्यान गएको हाे । आगाे अहिले नियन्त्रणमा आइसकेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिनुभयाे ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया