

शीतकालीन ओलम्पिकमा गुनासोको ओइरो

एजेन्सी
चीनले राजधानी शहर बेइजिङमा चार दिनअघि शीतकालीन ओलम्पिक शुक्रबारदेखि शुरु भएको हो । उद्घाटनमा आयोजकले ओलम्पिक ‘सुव्यवस्थित, सुरक्षित र भव्य’ हुने वाचा गरेको थियो । कतिपयले तुलनात्मकरूपमा भाइरसमुक्त ओलम्पिक सुनिश्चित गर्न चीनको प्रयासलाई प्रशंसा पनि गरे ।
तर, अहिले सहभागी खेलाडीहरूबाट ओलम्पिक आयोजकमाथि गुनासो ओइरहेका छन् । उनीहरूले चिसो भएर जम्ने अवस्था भएको र क्वारेन्टिनका नियमको गुनासो राख्दैछन् । केही सहभागिहरूले उनीहरू त्यहाँ निराश बनिरहेका बताएका छन् । स्विडेनी प्रतिनिधि मण्डलले खेलाडीलाई चिसो तापक्रमबाट बचाउन दिनको शुरुमा क्रस–कन्ट्री स्किइङ सेड्युल राख्न आह्वान गरेको छ । स्विडेनका खेलाडी फ्रिडा कारिसन शनिबार भएको महिलाको ७.५ किलोमिटर स्क्याथलनमा प्रतिस्पर्धा गर्दै अन्तिममा पुग्दा चिसोले काँपेर ढलेकी थिइन् ।
यही घटनापछि स्विडेनी प्रतिनिधि मण्डलले चिसोबाट बचाउन केही उपाय अपनाउन आयोजकलाई भनेको हो । अन्तर्राष्ट्रिय स्की महासंघका नियमअन्तर्गत तापक्रम माइनस २० डिग्री सेल्सियस भएमा प्रतियोगिता गर्न अनुमति छैन । त्यतिबेला माइनस १३ सेल्सियस रहेको थियो, जब कार्लसनले प्रतिस्पर्धा गरेकी थिइन् । तर, स्विडेन टिमका मेनेजर एन्डर्स बाइस्ट्रोइमले रिपोर्टरलाई बताए कि त्यतिबेला माइनस ३१ डिग्री सेल्सियस रहेको थियो । उनले रोयटर्सलाई बताए—हामी चिसोमा छौं, तर मलाई थाहा छैन कि उनीहरूले हावाको प्रभावलाई पनि मापन गर्छन् ।
गत साताको शुरुवातमा बेल्जियमकी स्केलेटन रेसर किम मेएलेमान्सले राएर इन्स्टाग्राममा एक पोस्ट गरेकी थिइन् । आइसोलेसनमा बसिरहेकी उनले भिडियोमा भनेकी थिइन्—मलाई केही यकिन छैन कि म ओलम्पिक भिलेजमा फर्कन अनुमति दिन्छ या दिँदैन । मलाई यो पनि थाहा छैन कि थप १४ दिन सम्हाल्न पनि सक्नेछु ।
उनको भिडियो पोस्टपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले एक वक्तव्य जारी गरी उनलाई ओलम्पिक भिलेजमा कोठा उपलब्ध गराउन आग्रह गरेको थियो । यस्तै, पोल्यान्डकी स्पिडस्केटर नातालिया मालिस्जिस्काले क्वालिफाइंग रेसअघि राति नै उनलाई क्वारेन्टिनबाट मुक्त गरेकोमा आश्चर्य जनाएकी थिइन् ।
रूसकी बायथलन प्रतिस्पर्धी भालेरिया भासनेटसोभाले आइसोलेसनमा दिइने खानाले निराश भएको बताएकी थिइन् । उनले इन्स्टाग्राममा खाना पोस्ट गर्दै क्याप्सन लेखिएकी थिइन् कि पाँच दिनको लागि ब्रेकफास्ट, लन्च र डिनर एकै प्रकारको छ । उनले पोस्ट गरेको खानामा साधारण पास्ता, आलु, दुई टुक्रा मासु, अचार थिए भने तरकारी थिएन ।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया