

७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै : आजदेखि सबै भन्सारमा एकद्वार अनलाइन प्रणाली



काठमाण्डाै
आज ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । हरेक वर्षको जनवरी २६ का दिन यो दिवस विश्वभर मनाउने गरिन्छ ।
विश्व भन्सार संगठनको निर्णयअनुसार हरेक जनवरी २६ मा यो दिवस मनाउन थालिएको हो । दिवसको मुख्य नारा डिजिटल प्रविधि मार्फत भन्सार सेवालाई चुस्त बनाउने रहेको छ । सरकारले आजदेखि देशभरका भन्सार कार्यालयमा एकद्वार अनलाइन प्रणाली पूर्णरुपमा लागू गर्ने भएको छ । विदेशबाट वस्तु आयात गर्दा भन्सारमा हुने सबै झन्झट हटाएर भन्सारलाई ‘क्यासलेस’ र ‘पेपरलेस’ बनाउने उद्देश्यले सबै भन्सार कार्यालयमा अनलाइन प्रणाली पूर्णरुपमा लागू गर्न लागेको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बताउनुभयो ।
भन्सार नाकामा व्यापार सहजीकरण गर्ने काम गरिरहेकाले थप व्यवस्थित बनाउन अनलाइन प्रणाली लागू गर्न लागेको उहाँको भनाइ छ । एकद्वार प्रणालीपछि व्यवसायीले भोग्दै आएका झन्झटबाट मुक्त हुने विभागको दाबी छ । भन्सार छलेर कुनै सामान या सेवाको आपूर्ति गर्नु गैरकानुनी मानिन्छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया