

नेदरल्यान्ड्ससँगको पहिलो एकदिवसीय क्रिकेटमा अफगानिस्तान विजयी





एजेन्सी
नेदरल्यान्ड्ससँगको पहिलो एकदिवसीय क्रिकेटमा अफगानिस्तान विजयी भएको छ ।
दोहामा गएराति भएको खेलमा अफगानिस्तानले नेदरल्यान्ड्सलाई ३६ रनले हराएको हो ।
अफगानिस्तानले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४८ ओभरमा अलआउट हुँदै १ सय ८६ रन मात्र बनाउन सक्यो । नेदरल्यान्ड्सका स्कट एड्वार्डले ६८ रनको अर्धशतकीय पारी खेले ।
अफगानिस्तानका राशिद खानले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २२ रन जोडेको थियो । अफगानिस्तानका हस्मुदउल्लाह शाहिदीले ७३ रन तथा रहमत शाहले ७० रनको अर्धशतकीय पारी खेले ।
नेदरल्यान्ड्सका ब्रान्डोन ग्लोभरले ३ विकेट लिए । त्यस्तै फ्रेड क्लासेनले २ विकेट लिए । यो जितसँगै अफगानिस्तानले तीन खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया