

राष्ट्रिय टेबल टेनिस प्रतियोगिता दाङमा हुँदै



दाङ । दाङको तुलसीपुरमा राष्ट्रिय टेबल टेनिस प्रतियोगिता सञ्चालन हुने भएको छ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा यही पुस १६ गतेदेखि १८ गतेसम्म युथ क्लब अफ तुलसीपुरको आयोजना राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुन लागेको हो।
स्वर्गीय खड्काले गरेका काम कर्तव्यलाई जीवन्त राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको मंगलबार पत्रकार सम्मेलन गरी क्लबका अध्यक्ष वसन्त गिरीले बताए।
प्रतियोगितामा २५ जिल्लाका ३ विभागीय टोलीसहित २ सय खेलाडी सहभागी हुने उनले जानकारी दिए।
त्यस्तै प्रतियोगिता ३ इभेन्टमा खेलाइनेछ। प्रतियोगिताका विजेताले ५ लाख ४३ हजार नगद, प्रमाणपत्र र पदक हात पार्ने आयोजकले जनाएको छ।
प्रतियोगिता तुलसीपुरको कभर्ड हलमा हुनेछ। यस्तै खेलाडीको बस्ने, खाने र यातायात खर्च समेत आयोजकले व्यहोर्ने जनाएको छ।
प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका वनमन्त्री सुरेन्द्र हमालले गर्ने कार्यक्रम रहेको अध्यक्ष गिरीले बताए। प्रतियोगिताको उद्घाटन पुस १६ गते बिहान ९ बजे हुनेछ। प्रतियोगिता सञ्चालनका लागि १७ लाख रुपैयाँभन्दा बढी लाग्ने आयोजकले बताएको छ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया