

राष्ट्रिय टेबल टेनिस प्रतियोगिता दाङमा हुँदै

दाङ । दाङको तुलसीपुरमा राष्ट्रिय टेबल टेनिस प्रतियोगिता सञ्चालन हुने भएको छ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा यही पुस १६ गतेदेखि १८ गतेसम्म युथ क्लब अफ तुलसीपुरको आयोजना राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुन लागेको हो।
स्वर्गीय खड्काले गरेका काम कर्तव्यलाई जीवन्त राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको मंगलबार पत्रकार सम्मेलन गरी क्लबका अध्यक्ष वसन्त गिरीले बताए।
प्रतियोगितामा २५ जिल्लाका ३ विभागीय टोलीसहित २ सय खेलाडी सहभागी हुने उनले जानकारी दिए।
त्यस्तै प्रतियोगिता ३ इभेन्टमा खेलाइनेछ। प्रतियोगिताका विजेताले ५ लाख ४३ हजार नगद, प्रमाणपत्र र पदक हात पार्ने आयोजकले जनाएको छ।
प्रतियोगिता तुलसीपुरको कभर्ड हलमा हुनेछ। यस्तै खेलाडीको बस्ने, खाने र यातायात खर्च समेत आयोजकले व्यहोर्ने जनाएको छ।
प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका वनमन्त्री सुरेन्द्र हमालले गर्ने कार्यक्रम रहेको अध्यक्ष गिरीले बताए। प्रतियोगिताको उद्घाटन पुस १६ गते बिहान ९ बजे हुनेछ। प्रतियोगिता सञ्चालनका लागि १७ लाख रुपैयाँभन्दा बढी लाग्ने आयोजकले बताएको छ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया