

पिसिआर परीक्षणको मूल्य घटाउने निर्णय,अब बढीमा ४४ सय मात्र लिन पाउने





ई–साझाकुरा, भदौ १४
सरकारले पिसिआर विधिबाट गरिने कोरोना परीक्षण शूल्क घटाएको छ । अब पिसिआर परिक्षणवापत अधिकतम ४ हजार ४ सयसम्म लिन पाइने छ । स्वास्थ्य मन्त्रालयमा आज बसेको बैठकले पिसिआर परीक्षणका लागि सामग्रीको उपलब्धता, विश्वबजारमा भएको मूल्य समायोजन आदिलाई आधार मान्दै मूल्य घटाएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले रातोपाटीलाई जानकारी दिए । उनले भने– ‘पिसिआर परीक्षणको शूल्क घटाउने निर्णय गरेका छौँ । अब शून्य रुपैयाँदेखि अधिकतम ४४ सय रुपैयाँ मात्र लिन पाइने छ त्यो भन्दा माथि शूल्क लिन पाँइदैन ।’
यसअघि पिसिआर परीक्षण शूल्क ५ हनार ५ सय र सेवा शूल्कवापत १० प्रतिशत थप रकम लिन पाउने व्यवस्था गरिएको थियो । मन्त्रालयको सो निर्णयपछि निजी स्वास्थ्य संस्थाहरुले पिसिआर परीक्षण वापत ८ हजार रुपैयाँसम्म लिँदै आएका थिए । हाल पिसिआर विधिबाट ९ वटा सरकारी र ११ वटा निजी अस्पतालहरुले शूल्क लिएर कोरोना परीक्षण गरिरहेका छन् ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया