



पिसिआर परीक्षणको मूल्य घटाउने निर्णय,अब बढीमा ४४ सय मात्र लिन पाउने


ई–साझाकुरा, भदौ १४
सरकारले पिसिआर विधिबाट गरिने कोरोना परीक्षण शूल्क घटाएको छ । अब पिसिआर परिक्षणवापत अधिकतम ४ हजार ४ सयसम्म लिन पाइने छ । स्वास्थ्य मन्त्रालयमा आज बसेको बैठकले पिसिआर परीक्षणका लागि सामग्रीको उपलब्धता, विश्वबजारमा भएको मूल्य समायोजन आदिलाई आधार मान्दै मूल्य घटाएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले रातोपाटीलाई जानकारी दिए । उनले भने– ‘पिसिआर परीक्षणको शूल्क घटाउने निर्णय गरेका छौँ । अब शून्य रुपैयाँदेखि अधिकतम ४४ सय रुपैयाँ मात्र लिन पाइने छ त्यो भन्दा माथि शूल्क लिन पाँइदैन ।’
यसअघि पिसिआर परीक्षण शूल्क ५ हनार ५ सय र सेवा शूल्कवापत १० प्रतिशत थप रकम लिन पाउने व्यवस्था गरिएको थियो । मन्त्रालयको सो निर्णयपछि निजी स्वास्थ्य संस्थाहरुले पिसिआर परीक्षण वापत ८ हजार रुपैयाँसम्म लिँदै आएका थिए । हाल पिसिआर विधिबाट ९ वटा सरकारी र ११ वटा निजी अस्पतालहरुले शूल्क लिएर कोरोना परीक्षण गरिरहेका छन् ।

खबर सबै
-
मंसिरमा महोत्सवमय बन्दै कपिलवस्तु
-
बाणगंगा–१ को नवनिर्मित नयाँ प्रशासनिक वडा कार्यालय भवन उद्घाटन
-
१६ औं कपिलवस्तु महोत्सवमा यसपटक टिकटक भिडियो प्रतियोगिताः सिर्जनशीलता र सकारात्मक प्रचारलाई प्रोत्साहन गरिने
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
ईपीएस भाषा परीक्षा आजदेखि, पहिलो प्राथमिकता उत्पादन क्षेत्र
-
प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
-
नयाँ राजनीतिक दल दर्ताको लागि समय थपियो, मंसिर ६ सम्म निवेदन दिन सकिने







प्रतिक्रिया