

पाल्पामा भएका छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु



पाल्पा । पाल्पाको निस्दी गाउँपालिका– ७ मा भएको टिप्पर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका– ३ का ४५ वर्षीय तुफानी कुँवर योगी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सर्दीबाट भुटुके जाँदै गरेको प्र २–०–३००१ ख ४६६९ नं को खाली टिप्पर स्टार्ट बन्द नगरी चालक गाडीबाट झरी पछाडि हेर्ने क्रममा सोही गाडी ब्याक हुँदा अर्को ग २ ख ३६१ नं को टिप्परको बीचमा टाउको च्यापिदा योगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैँयाले बताउनुभयो ।
पाल्पाको रामपुर ५ बेझाडमा ट्र्याक्टरको ट्रली मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही इसरापुरका जय किसान चौधरीका छोरी मुन्न चौधरी रहेको बताइएको छ ।
हाईड्रोलिक पाइप मर्मत गर्ने क्रममा अचानक ट्रली झरेर लाग्दा घाइते भएकोमा उनको उपचारका लागि रामपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत्यु भएको जानकारी दिनुभएको थियो ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया