

पाल्पामा भएका छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु


पाल्पा । पाल्पाको निस्दी गाउँपालिका– ७ मा भएको टिप्पर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका– ३ का ४५ वर्षीय तुफानी कुँवर योगी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सर्दीबाट भुटुके जाँदै गरेको प्र २–०–३००१ ख ४६६९ नं को खाली टिप्पर स्टार्ट बन्द नगरी चालक गाडीबाट झरी पछाडि हेर्ने क्रममा सोही गाडी ब्याक हुँदा अर्को ग २ ख ३६१ नं को टिप्परको बीचमा टाउको च्यापिदा योगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैँयाले बताउनुभयो ।
पाल्पाको रामपुर ५ बेझाडमा ट्र्याक्टरको ट्रली मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही इसरापुरका जय किसान चौधरीका छोरी मुन्न चौधरी रहेको बताइएको छ ।
हाईड्रोलिक पाइप मर्मत गर्ने क्रममा अचानक ट्रली झरेर लाग्दा घाइते भएकोमा उनको उपचारका लागि रामपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत्यु भएको जानकारी दिनुभएको थियो ।


खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने






प्रतिक्रिया