


एमालेले जबजको मूल्य मान्यतालाई तिलाञ्जली दिइसक्यो : माधव नेपाल



सुनसरी
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीको पार्टी समाप्त भइसकेको टिप्पणी गरेका छन्। सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले एमालेलाई नारायणीमा तिलाञ्जली दिइसकेको टिप्पणी गरे।
पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैंडालाई थमाइएको भन्दै उनले एमालेको झण्डा बाँदरले बोक्नुपर्ने दिन आउने बताए। एमाले भित्र रहेका नेताहरुको हविगत निल्नु न ओकल्नुको अवस्थामा पुगेको बताउँदै उनले अबका दिनमा राप्रपा, एमाले र लोकतान्त्रिक समाजवादी एक हुने दाबी समेत गरे।
‘त्यो जमात अब क्रान्तिकारी रहेन। कम्युनिष्ट चरित्रलाई कायम राख्न सकेन। माक्सवादको मूल्य र मान्यतासँगै जनताको बहुदलीय मूल्य र मान्यतालाई तिलाञ्जली दिएको छ। त्यो नारायणी नदीमा बगाई दिसकेको छ,’ उनले भने, ‘पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैंडालाई थमाइएको एमालेको झण्डा अबका दिनमा बाँदरका हातमा सुम्पिएर बोक्ने अवस्था आउने छ। त्यहाँ रहेकाहरुको हरिबिजोग भएको छ। हामी त्यहाँ रहेको भए के हुन्थ्यो ? सबैलाई थाहा छ–सच्चिनेवाला कोही छैन त्यहाँ भनेर।’


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया