

दाङमा आईतबार देखि पूर्ण बन्दको घोषणा



भदौ १२ दाङ
दाङ( कोरोनाको संक्रमण दिनानुदिन बढ्दै जाँदा दाङ जिल्ला आईतबार राती १२ बजेदेखि पुर्ण रुपमा बन्द हुने भएको छ। शुक्रबार घोराहीमा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको वैठकले भाद्र १४ देखि २१ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय लिएको प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ।
लकडाउनको अवधिमा जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय सरकारबिच समन्वय गरि परिक्षणको दायरा बढाईने प्रजिअ रिजालको भनाई छ। लकडाउन पछिको अवस्था हेरी निषेधाज्ञा थप १ हप्ता पनि बढाउन सकिने निर्णय गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुषालले बताउनुभयो।
दाङमा अत्यावस्यक वाहेक सबै प्रकारका व्यापारिक प्रतिष्ठानहरु, सार्वजनिक तथा निजी सवारीसाधनहरु संचालन हुने छैनन् भने सरकारी कामकाज गर्न एवं राजश्व संकलन गर्न अनुमति प्राप्त बैङ तथा वित्तीय संस्थाहरु वाहेक सबै बैंक समेत बन्द गरिनेछ।
जिल्लामा ७ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६२ जना सकृय कोरोना संक्रमितहरुको आईसोलेसनमा उपचार भैरहेको छ। आज देखि छिमेकी जिल्ला प्यूठानमा समेत १ साताका लागि निषेधाज्ञा जारी भएको छ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया