

दाङमा आईतबार देखि पूर्ण बन्दको घोषणा



भदौ १२ दाङ
दाङ( कोरोनाको संक्रमण दिनानुदिन बढ्दै जाँदा दाङ जिल्ला आईतबार राती १२ बजेदेखि पुर्ण रुपमा बन्द हुने भएको छ। शुक्रबार घोराहीमा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको वैठकले भाद्र १४ देखि २१ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय लिएको प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ।
लकडाउनको अवधिमा जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय सरकारबिच समन्वय गरि परिक्षणको दायरा बढाईने प्रजिअ रिजालको भनाई छ। लकडाउन पछिको अवस्था हेरी निषेधाज्ञा थप १ हप्ता पनि बढाउन सकिने निर्णय गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुषालले बताउनुभयो।
दाङमा अत्यावस्यक वाहेक सबै प्रकारका व्यापारिक प्रतिष्ठानहरु, सार्वजनिक तथा निजी सवारीसाधनहरु संचालन हुने छैनन् भने सरकारी कामकाज गर्न एवं राजश्व संकलन गर्न अनुमति प्राप्त बैङ तथा वित्तीय संस्थाहरु वाहेक सबै बैंक समेत बन्द गरिनेछ।
जिल्लामा ७ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६२ जना सकृय कोरोना संक्रमितहरुको आईसोलेसनमा उपचार भैरहेको छ। आज देखि छिमेकी जिल्ला प्यूठानमा समेत १ साताका लागि निषेधाज्ञा जारी भएको छ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया