

भारतको उत्तर प्रदेशमा ८९ जनामा जिका भाइरसको सङ्क्रमण देखियो

काठमाण्डाै
भारतमा जिका भाइरसको सङ्क्रमण देखिएको छ । उत्तर प्रदेशको सबैभन्दा धेरै जनसङ्ख्या भएको जिल्लामा १७ जना बालबालिकासहित कम्तीमा ८९ जनामा जिका भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
कानपुरका प्रमुख मेडिकल अधिकृत डाक्टर नेपाल सिंहले पछिल्ला दिनमा सङ्क्रमण बढ्दो क्रममा रहेको बताएका खबरमा उल्लेख छ । भारतमा पहिलो पटक सन् २०१७ मा गुजरातमा जिका भाइरसको सङ्क्रमण देखिएको थियो ।
अहिले कानपुरपछि उत्तर प्रदेशमा सङ्क्रमण देखिनु डरलाग्दो विषय भएको भन्दै स्वास्थ्य अधिकारीहरूले प्रकोपको निगरानी गर्न र फैलावट रोक्न टोली गठन गरेको बताएका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जिका भाइरस सहरमा छिटो फैलिएको उल्लेख गर्दै अधिकारीहरूलाई विशेष सावधानी अपनाउन र अनुगमन गर्न निर्देशन दिएको समाचार संस्था एएनआईले जनाएको छ ।
लामखुट्टेको टोकाइ र यौन सम्पर्कबाट सर्ने यो भाइरस मानिसको दिमाग खुम्चने र रोग प्रतिरक्षा प्रणाली कमजोर हुने विषयसँग जोडिएको हुन्छ ।
जिका भाइरस पहिलो पटक सन् १९४७ मा युगान्डाकाे बाँदरमा पहिचान भएको थियो । यसको अहिलेसम्म कुनै औषधि पत्ता नलागेकाले सङ्क्रमण हुनै नदिनु नै रोकथामको एकमात्र उपाय भएको डाक्टरहरूले बताएका छन् ।


खबर सबै
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार







प्रतिक्रिया