

टी-२० विश्व कप क्रिकेट : पाकिस्तान सेमिफाइनलमा, स्कटल्यान्ड ७२ रनले पराजित



काठमाण्डाै
पाकिस्तान आईसीसी टी-२० विश्व कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलमा स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै पाकिस्तान सेमिफाइनलमा पुगेको हो ।
पाकिस्तानले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर जम्मा १ सय १७ रन मात्र जोड्न सक्यो । स्कटल्यान्डका लागि रिची वेरिङ्टनले सर्वाधिक ५४ रन जोडे । यस्तै, जर्ज मुन्शेले १७, माइकल लिस्कले १४, कप्तान काइल कोट्जरले ९ रन जोडे ।
पाकिस्तानका शदाव खानले दुई तथा हसन अलि, हरिस राउफ र शाहिन शाह अफ्रिदीले एक/एक विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले कप्तान बाबर आजम तथा शोएब मलिकको अर्धशतकीय पारीको सहयोगमा १ सय ८९ रन जोडेको थियो ।
बाबर आजमले सर्वाधिक ६६ रन बनाए भने मलिकले ५४ रनको योगदान गरे । यस्तै, मोहम्मद हाफिजले ३१ र मोहम्मद रिजवानले १५ रन जोडे । स्कटल्यान्डका क्रिस ग्रेभ्सले दुई तथा हम्जा ताहिर र सफ्यान सरिफले एक/एक विकेट लिए । अब पाकिस्तानले फाइनल प्रवेशका लागि आउँदो बिहीवार सुपर १२ को समूह २ को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ ।
अहिलेसम्म अपराजित रहँदै सेमिफाइनलमा पुग्ने पाकिस्तान यो विश्व कपमा एक्लो टोली हो।


खबर सबै
-
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
-
भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयतालाई प्रगाढ बनाउँछ : प्रधानमन्त्री बालेन
-
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे
-
बाणगंगामा जुवाको खालमा प्रहरीको छापा, ११ जना रंगेहात पक्राउ
-
वैकल्पिक राजनीतिको बहस उठाउँदै ‘लेखक खनाल’को पाँचौँ पुस्तक प्रकाशनको तयारीमा
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
बाणगंगामा जुवाको खालमा प्रहरीको छापा, ११ जना रंगेहात पक्राउ
-
वैकल्पिक राजनीतिको बहस उठाउँदै ‘लेखक खनाल’को पाँचौँ पुस्तक प्रकाशनको तयारीमा
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
आज काग तिहार मनाइँदै, यमपञ्चक सुरु







प्रतिक्रिया