

ताजकिस्तानसँग नेपाल पराजित



काठमाडौं ।
एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाली राष्ट्रिय यू–२३ फुटबल टोली ताजकिस्तानसँग पराजित भएको छ ।
ताजकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आज भएको खेलमा नेपाल घरेलु टोली ताजकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको हो । यस हारसँगै नेपालको एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ ।
नेपालले खेलको पहिलो हाफमा तीन गोल खायो भने दोस्रो हाफमा पनि तीन गोल नै बेहो¥यो । पहिलो हाफमा ताजकिस्तानका शेर्भोनी मावत्शोएभ, शारफजोन सोलेहोभ र रुस्तम सोइरोभले एक–एक गोल गरे ।
खेलको २४औँ मिनेटमा शेर्भोनीले गोल गर्दै ताजकिस्तानलाई सुरुआती अग्रता दिलाए भने खेलको ३३औँ मिनेटमा सोलेहोभले गोल गर्दा ताजकिस्तान २–० ले अघि रह्यो । त्यस्तै खेलको ४१औँ मिनेटमा रुस्तमले गोल गरेपछि घरेलु टोली ताजकिस्तान पहिलो हाफमा ३–० ले अघि रह्यो ।
खेलको ६३औँ मिनेटमा मुखम्मादली अजिजबोएभले गोल गर्दा घरेलु टोली ४–० ले अघि रह्यो । खेलेको ६८औँ मिनेटमा भाख्दुत खानोनोभले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता ५–० बनाए ।
त्यसपछि खेलको ७२औँ मिनेटमा इमोमाली अखामादखोनले गोल गर्दै ताजकिस्तानलाई ६–० गोलको जीत दिलाए । छनोटको समूह बी मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो ।
यता ताजकिस्तानको भने यो लगातार दोस्रो जीत हो । यसअघि भएको पहिलो खेलमा ताजकिस्तानले लेबनानलाई हराएको थियो ।अब नेपालले आफ्नो अन्तिम खेल आइतबार लेबनानसँग खेल्नेछ ।
समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछ । यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया