

अञ्जन विष्टले फाइनल खेल गुमाए, धेरै गाली पाएको भन्दै दुःख व्यक्त

काठमाण्डाै
नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टले आजको फाइनल खेल गुमाएका छन् ।
उनी गएको बुधवार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई बराबरी गोल फर्काउँदै नेपाललाई फाइनल पुर्याउन नायक बनेका थिए ।
खेलको ८६ औं मिनेटमा अञ्जनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । त्यसै पेनाल्टीलाई गोलमा परिणत गर्दै उनले फाइनल यात्रा पक्का गरेका थिए । तर, खेलका क्रममा क्रसमा आएको बललाई हातले हान्न खोजेपछि उनले पहेँलो कार्ड पाएका थिए ।
यसअघि अञ्जनले भारतसँगको खेलको अन्तिम समयमा पनि पहेँलो कार्ड पाएका थिए । जारी प्रतियोगितामा दुई पटक पहेँलो कार्ड पाएकाले उनले फाइनल खेल गुमाएका हुन् । अञ्जनको अनुपस्थितिले फाइनलमा नेपाललाई पक्कै घाटा पुग्नेछ ।
जारी प्रतियोगितामा अञ्जनले नेपालका लागि दुई गोल गरेका छन् । उनले फाइनल खेल आफूले खेल्न नपाए पनि आफ्ना सहकर्मीले मेहनत गरेर नेपाललाई जिताउने विश्वास व्यक्त गरेका छन् ।
अञ्जनले हिजो सामाजिक सञ्जालमा राष्ट्रिय टोलीका लागि डेब्यु गरेको दिनदेखि नै आफ्नो देशको लागि सबथोक दिँदै शतप्रतिशत प्रतिबद्ध भएर लागेको बताएका छन् ।
उनले भारतसँगको खेलपछि आफूले धेरै गाली पाएको भन्दै कुनै पनि खेलाडीले देशलाई हराउन नखोज्ने पनि स्पष्ट पारेका छन् ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया